PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

​नेविसंघ राजनीतिमा उत्रिए रामचन्द्र पौडेल!



पहिलोपोस्ट

​नेविसंघ राजनीतिमा उत्रिए रामचन्द्र पौडेल!

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विद्यार्थीमाथि प्रहरी दमन भएको भन्दै भर्त्सना गरेका छन्। नेपाल विद्यार्थी संघको महाधिवेशन विधि र प्रक्रिया अनुसार गर्नुको साटो वास्तविक प्रतिनिधिको नाम हटाएर विद्यार्थीमाथि बर्बरतापूर्ण आक्रमण भएको उनको दावी छ।

पौडेललाई पार्टी सभापतिमा हराउन प्रमुख भूमिका खेलेका विमलेन्द्र निधि यतिखेर गृहमन्त्री छन्। त्यसैले पनि पौडेलले नेविसंघ राजनीतिमा आफ्नो उपस्थिति देखाएका हुन्। 

पौडेलले महाविधेशन विधि र प्रक्रिया अनुसार शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुको साटो उद्घाटन पछि वास्तिवक प्रतिनिधिहरुको नाम हटाएर प्रक्रिया मिच्दै छनोट प्रक्रिया अगाडि बढाइएको आरोप लगाए। 
 
‘अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शान्तिपूर्ण वातावरण भड्काउने गरी ठूलो संख्यामा सुरक्षाकर्मी राखेर देशभरबाट आएका विद्यार्थी प्रतिनिधिमाथि बरबर्ततापूर्वक प्रहरी दमन भएको छ,’ पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘बिद्यार्थीहरुमाथि भएको यो प्रहरी दमनको म घोर निन्दा र भत्सर्ना गर्दछु।’

उनले प्रहरी दमनबाट ठूलो संख्यामा विद्यार्थीहरु घाइते भएको भन्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले ‘तत्काल प्रहरी दमन रोकेर वार्ताका माध्यामबाट मतादाता नामावलीको विवाद समाधान गरी निष्पक्ष र धाँधलीरहित निर्वाचन मार्फत् नयाँ नेतृत्व चयन गर्नका लागि’ कांग्रेसको नेतृत्वलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell