PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

नक्कली डाक्टरलाई उपचारमा रोक लगाउन प्रम प्रचण्डको निर्देशन



पहिलोपोस्ट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको समाचार प्रकाशनमा आएपछि उनीहरुलाई तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्।

आइतबार बिहान स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनबाट प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्।

निर्देशनमा प्रधानमन्त्रीले भने, नक्कली भनिएका डाक्टरहरुले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ । तपाईले तत्काल ती डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस्।

प्रधानमन्त्रीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell