सुनसरी : गैरकानुनी तरिकाले विदेश पठाउने तीन जनालाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ।
विदेश पठाउने भन्दै अन्तवार्ता लगायतका कार्य गर्ने गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–७ स्थित विनायक टेक्निकल कम्पनी खोली बस्ने ४० वर्षीय चन्देश्वर चौधरी, सुन्दर दुलारी–७ बस्ने ४० वर्षीय पुरन चौधरी र श्रीलंकाली नागरिक ३४ वर्षीय अमिला अल्खा कौन रहेका छन्।