PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

८ मिलिसेकेन्डको अन्तरमा बोल्टले जिते सय मिटरमा ओलम्पिक स्वर्ण



पहिलोपोस्ट

८ मिलिसेकेन्डको अन्तरमा बोल्टले जिते सय मिटरमा ओलम्पिक स्वर्ण

जमैकन धावक युसेन बोल्टले मात्र ८ मिलिसेकेन्डको अन्तरमा अमेरिकी धावक जस्टिन ग्याटलिनलाई पराजित गर्दै ओलम्पिक गोल्ड मेडल जितेका छन्। बोल्टले तेस्रो पटक सय मिटर दौडमा ओलम्पिक गोल्ड मेडल जित्दै ह्याट्रिक गरेका हुन्।

बोल्टले सय मिटरको दुरी ९ दशमवल ८१ सेकेण्डमा पूरा गरे। रजत पदक विजेता अमेरिकी धावक जस्टिन ग्याटलेनले भने उनीभन्दा ८ मिलिसेकेन्ड पछाडि मात्रै दुरी पूरा गरेका थिए। ग्याटलिनले ९ दशमलव ८९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए। 

बोल्टले आफ्नो पुरानो रेकर्ड भने तोड्न सकेनन्। उनले यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा ९ दशमवल ६९ सेकेन्डमा दौड पूरा गर्दै गोल्ड मेडल जितेका थिए। त्यस्तै सन् २०१२ को लण्डन ओलम्पिकमा उनले ९ दशमलव ५८ सेकेन्डमा दौड पूरा गरेका थिए।

फोटो : रियो२०१६ डट कम

उनी सय मिटर दौडमा लगातार तेस्रो पटक ओलम्पिक गोल्ड मेडल जित्ने पहिलो खेलाडी समेत बनेका छन्।
 

२९ वर्षका बोल्टले गोल्ड मेडल जित्दा रंगशालाका समर्थकले उठेर सम्मान व्यक्त गरेका थिए। जितपछि रंगशालाको उपस्थितिबारे प्रतिक्रिया दिँदै बोल्टले भने, 'यो अविश्वसनीय छ, उनीहरुले दिएको शक्ति यो धेरै महान् छ। मलाई लाग्यो म फुटबल मैदानमा छु।'
 
उनले समर्थकलाई धन्यवाद दिँदै थप समर्थन गर्न आग्रह गरे। उनी अन्य दुई स्पर्धामा पनि सहभागि हुँदैछन्। बोल्टले जितपछि ट्वीटरमा लेखेका छन्– जमैका स्ट्याण्ड अप दिस इज फर यु माई पिपुल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell