PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

शैक्षिक हडतालका कारण पठनपाठन प्रभावित



पहिलोपोस्ट

काठमाडौं : अखिल क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण आज देशभरका शिक्षण संस्थाको पठनपाठन प्रभावित बनेको छ।
 
निजी स्कुल-कलेजले लिएको चर्को शुल्कको विरोध र विद्यार्थीलाई शिक्षा, स्वास्थ्य, यातायात तथा मनोरञ्जन क्षेत्रमा छुट लगायतका माग गर्दै उक्त संगठनले शैक्षिक हड्तालको आह्वान गरेको हो।

नेकपा माओवादीको नेत्रविक्रम चन्द 'विप्लव' समूह निकट सो संगठनले सोमबार र मंगलबार शैक्षिक हड्ताल गरिने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell