इटहरी : इटहरी उपमहानगरपालिका–८ स्थित धरान–विराटनगर सडकखण्डमा रहेको दुई वटा कवाडी पसलमा भएको आगलागीबाट करिब ३० लाख रुपैयाँको नोक्सानी भएको छ।
बिहान ३ बजेतिर सुरु भएको आगलागीमा रमेश डंगोल र दीपक चौधरीको पसल ध्वस्त भएका छन्। डंगोलको २० लाख र उनको पसलसँगै उत्तरतर्फ जोडिएको चौधरीको पसलको करिब १० लाख बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। विद्युत् चुहावट भएर आगलागी भएको प्रहरीको अनुमान छ।
इटहरी उपमहानगरपालिकाका दुई र अन्य स्थानबाट आएका वारुणयन्त्रले बिहान ६ बजेतिर मात्रै पूर्ण रुपमा आगो नियन्त्रणमा लिएका थिए।