स्पानिस सुपर कप फाइनलको पहिलो लेगमा बार्सिलोनाले सेभियालाई पराजित गरेको छ।
सेभियाको मैदानमा भएको खेलमा बार्साले सेभियालाई २-० ले हरायो। उसको जितमा लुइस स्वारेज र मुनिर अल हड्डाईले १-१ गोल गरे ।
दोस्रो लेगको खेल आगामी बिहिबार बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ।
स्पानिस सुपर कप उपाधिका लागि ला लिगा च्याम्पियन र कोपा डेल रे को च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्छ। तर गत सिजन ला लिगा र कोपा डेल रे दुवै उपाधि बार्सिलोनाले जितेको थियो । त्यसैले कोपा डेल रे को फाइनल खेलेको सेभियाले सुपर कपको फाइनल खेल्ने अवसर पाएको हो।
बार्सिलोनाले अहिलेसम्म सर्वाधिक ११ पटक स्पानिस सुपर कपको उपाधि जितेको छ भने सेभियाले सन् २००७ मा एक पटक मात्र उपाधि जितेको थियो।