PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

देवघाटमा साउने मेला भर्ना आएका भक्त चढेको डुङ्गा पल्टियो, सशस्त्रले गर्‍यो उद्दार



पहिलोपोस्ट

देवघाटमा साउने मेला भर्ना आएका भक्त चढेको डुङ्गा पल्टियो, सशस्त्रले गर्‍यो उद्दार

  • सरिता पौडेल -
चितवन : देवघाटधाममा साउने मेला भर्न आएका भक्तजन चढेको एउटा डुङ्गा आज पल्टिएको छ  १० जना सवार डुगां त्रिशुली नदिको पानीको बहाव एक्कासी बढेपछि पल्टिएको हो।

डुंगा पल्टिएर यात्रुहरु नदीमा बगेको बेला उनीहरुलाई सशस्त्र प्रहरी बल कुरिनटारको टोलीले सकुशल उद्दार गरेको देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिए।

यस्तै आजै नदीले बगाएको एउटा बच्चालाई पनि सकुशल उद्दार गरिएको छ। सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर अहिले डुगां र र्‍याफ्टिङ्गबाट ओहोरदोहोरमा रोक लगाइएको छ।

यस्तै देवघाटधाम वारपार गर्ने पुलको अवस्था जीर्ण बन्दै गएकाले १ पटकमा ८० जना मात्र हिड्न सक्ने गरि व्यवस्था मिलाइएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell