PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

बाबुराम भट्टराईले भने- 'संविधान त्रुटिपूर्ण छ, सच्याऔं'



रासस

बाबुराम भट्टराईले भने- 'संविधान त्रुटिपूर्ण छ, सच्याऔं'

तनहुँ : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ संविधान त्रुटिपूर्ण रहेकाले सच्चाउनुपर्ने बताएका छन्।
 
प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा गरेको पत्रकार सम्मेलनमा उनले सीमाङ्कनको विषयमा आन्दोलन भइरहेकाले संविधान संशोधन गरी उनीहरुको माग पूरा गर्नेतर्फ सरकार सक्रिय बन्नुपर्ने बताए।
 
'तोकिएको म्यादी सरकारले काम गर्न कठिन हुन्छ,' भट्टराईले भने, 'कम्तीमा पनि पाँच वर्ष शासन व्यवस्था चलाउन पाउने प्रावधान बन्नुपर्छ।' म्यादी सरकार बन्दा कर्मचारीले नटेर्ने र अन्य निकाय सक्रिय नहुने हुँदा सोचेअनुरुप काम गर्न नसकिने उनको भनाइ छ। संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्नेमा उनको जोड थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell