PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

काभ्रेमा बस दुर्घटना, ठूलै क्षति, मर्नेको संख्या यकिन हुँदै



सविन ढकाल

काभ्रेमा बस दुर्घटना, ठूलै क्षति, मर्नेको संख्या यकिन हुँदै

काठमाडौं : काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस विर्ता देउराली ७ को खहरेखोला नजिकै दुर्घटना भएको छ। बा २ ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो। 

दुर्घटना भएको बस सडकबाट २ सय मिटर तल झरेको काभ्रे जिल्ला प्रहरी कार्यलयका प्रमुख एसएपी राजेन्द्रनाथ बास्तोलाले पहिलोपोस्टलाई जानकारी दिए। बसमा करिब ४० जनाभन्दा बढी यात्रु भएको अनुमान गरिएको छ। प्रहरी घटना स्थलमा पुगेर उद्धारमा लागिसकेकाले अहिले नै कति मानवीय क्षति भयो भन्ने खुलेको छैन तर ठुलै क्षति भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेको संख्या धेरै रहे पनि अझै उद्दार जारी रहेकाले संख्या यकिन भइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell