PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

​१० फोटोमा हेर्नुस् डोलेश्वरमा अन्तिम साउने सोमबार

​१० फोटोमा हेर्नुस् डोलेश्वरमा अन्तिम साउने सोमबार

उमेश पौडेल/पहिलोपोस्ट


भक्तपुर : केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा साउनको अन्तिम सोमबार आज बिहानैदेखि भक्तजनको भिड लागेको छ। केही वर्षयता डोलेश्वर महादेवको मन्दिरमा दर्शनार्थीहरुको चाप बढेको छ।

मेलामा उपत्यका लगायत आसपासका जिल्ला र विशेषगरी भारतीय भक्तजनहरुको विशेष भिडभाड रहेको थियो। ६ वर्षअघि केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको साउन महिनाभरी मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका सदस्य केदारमान तलाँखेले बताए।

डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा ३२ दिने श्रावणी मेला सञ्चालन भइरहेको छ। उक्त मेलाअन्तर्गत हाल गणेश पुराण सञ्चालनमा रहेको समितिले जनाएको छ। यो मेला भोलिसम्म चल्ने जनाइएको छ।

साउनमा शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ। विशेष गरी साउनको सोमबार शिव मन्दिरमा दर्शन गर्न जाने तथा महिलाहरु उपवास बस्ने गर्दछन्।

मन्दिर निर्माणका लागि अहिले समितिले रकम संकलनका काम गरिरहेको छ। साउन महिनामा मात्रै मन्दिर व्यवस्थापन समितिले एक करोड आठ लाख रुपैयाँ संकलन गरेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell