- सिन्हवा -
जी ८०४१ नम्बरको रेल लायोनिङको राजधानी सेन्याङबाट यात्रुसहित हिडेको हो। चाइना स्ट्यान्डर्ड इमयु पहिलोपटक सर्वसाधारणको यात्राका लागि प्रयोगमा ल्याइएको चाइना रेलवे कर्पोरेसनका टेक्नोलोजिक हेड झु लीले बताए।
'चीनले स्वतन्त्ररुपमा तयार पारेको डिजाइनमा रेल तयार भएको छ। बाँकी विश्वलाई चीनले नै यो रेल निर्यात गर्नेछ,' उनले भने।
चाइना स्ट्यान्डर्ड इएमयुमा पछिल्लो डिजाइन, कम इन्धन खपत हुने प्रविधि र स्तरीय पार्टपूर्जाहरु जडान गरिएको उनले बताए। यसमा सुरक्षाका लागि विभिन्न सुविधाहरु थप गरिएको छ जुन पुराना मोडलमा उपलब्ध छैनन्।
यो रेल ३५० किलोमिटर प्रति घन्टाको रफ्तारमा कुद्छ।
भविष्यमा चीनले रेल र योसँग सम्बन्धित सेवाहरु समेत अन्य मुलुकलाई निर्यात गर्ने जनाएको छ।
चिनियाँ बुलेट ट्रेनहरुले अहिले पनि इन्डोनेसिया, रसिया, इरान र भारत लगायतका मुलुकमा बजार पाइरहेको छ।