PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​काभ्रे बस दुर्घटनामा ३१ को मृत्यु, संख्या अझै बढ्न सक्ने



सविन ढकाल

​काभ्रे बस दुर्घटनामा ३१ को मृत्यु, संख्या  अझै बढ्न सक्ने

काठमाडौं : काभ्रेको खहरेमा भएको बस दुर्घटनामा उद्दार गर्न पुगेका प्रहरी निरीक्षक रमेश महतोले दुर्घटनामा परी ३१ जनाको मृत्यु भइसकेको जानकारी दिएका छन्। महतोका अनुसार ३१ जनाको घटनास्थलमै मृत्यु भएको हो। 'संख्या अझै केही थपिन सक्छ,' उनले पहिलोपोस्टसँग भने।
काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस विर्ता देउराली ७ को खहरेखोला नजिकै दुर्घटना भएको थियो। बा २ ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो।
 
दुर्घटना भएको बस सडकबाट २ सय मिटरभन्दा तल झरेको काभ्रे जिल्ला प्रहरी कार्यलयका प्रमुख एसएपी राजेन्द्रनाथ बास्तोलाले जानकारी दिए। बसमा यात्रुको संख्या अधिक थियो।

प्रहरी घटना स्थलमा पुगेर उद्धारमा लागिसक्दा पनि मर्नेको संख्या यकिन हुन सकेको थिएन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell