PahiloPost

Oct 30, 2025 | १४ कात्तिक २०८२

उद्दारका लागि उड्यो सेनाको हेली



सविन ढकाल

उद्दारका लागि उड्यो सेनाको हेली

काठमाडौं : काभ्रेको विर्ता देउराली ७ को खहरेखोलामा भएको दुर्घटनामा परी घाइते भएकाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। सेनाको एम आई १७ घटनास्थलतर्फ उडेको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले पहिलोपोस्टलाई जानकारी दिए। उनले भने, 'सेनाको हलिकप्टरबाट उद्धार गरी नजिकैको अस्पतालमा घाइतेको उपचार गर्ने व्यवस्था मिलाएका छौं।'

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी निकाय र पार्टी कार्यकर्तालाई समेत उद्दारमा जुट्न निर्देशन दिएका थिए। उनको निर्देशन लगत्तै सेनाको हेलिकप्टर दुर्घटनास्थलका लागि परिचालन भएको हो।

बस दुर्घटनामा अहिलेसम्म ३१ जनाको मृत्यु भइसकेको छ। ३० जनाभन्दा बढी घाइते रहेको अनुमान छ। काठमाडौंबाट कत्तिके जाँदै गरेको बा २ ख १०६  नम्बरको बस दुर्घटना परेको हो। 
फाइल फोटो : एमआइ १७



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell