PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

बैतडीमा अर्को बस दुर्घटना, गर्भवतीसहित पाँच जनाको मृत्यु



रासस

बैतडी : काभ्रेमा भएको बस दुर्घटनामा ३० भन्दा बढीको ज्यान गएको समाचार आइरहेकै बेला बैतडीमा आज दिउँसो अर्को बस दुर्घटना भएको छ। दुर्घटनामा एक गर्भवती सहित पाँच जनाको मृत्यु भएको छ।
 
धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ नम्बरको बस दिउँसो ३ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावन नजिक दुर्घटनामा परेको हो।

मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन। बस सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए।

खोड्पे प्रहरी चौकीबाट गएको टोलीले उद्धार गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell