PahiloPost

May 15, 2025 | २ जेठ २०८२

डब्लुसिएल च्याम्पियनसिप : पारस सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा



पहिलोपोस्ट

डब्लुसिएल च्याम्पियनसिप :  पारस सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा

नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
 
च्याम्पियनसिपको चौथो चरण अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेल खेलिरहेका पारस सर्वाधिक बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लेका हुन्।
 
८ खेल खेलेका पारसले यो समाचार तयार पार्दासम्म कुल ३ सय १३ रन बनाइसकेका छन् भने नेदरल्याण्ड्स विरुद्ध अहिले ४५ रन बनाएर खेलिरहेका छन्।
 
नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा भने पारस गोल्डेन डक आउट भएका थिए।
 
यस क्रममा पारसले एक शतक समेत प्रहार गरेका छन्। गत वैशाखमा घरेलु मैदानमा भएको तेस्रो चरणको खेलमा पारसले नमिवियाविरुद्ध १ सय ३ रन बनाएका थिए। यस्तै पारसले ५ विकेट समेत लिएका छन्।
 
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालकै शरद भेषावकर दोस्रो स्थानमा छन्। ८ खेल खेलेका उनले कुल २ सय ९४ रन बनाएका छन्। त्रिवि मैदानमा भएको नमिविया विरुद्धको दुवै खेलमा फिनिसरको भूमिका निर्वाह गरेका शरदले नेदरल्याण्ड्स विरुद्ध भने सोही प्रदर्शन दोहोर्‍याउन सकेनन्। शरदले नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा १४ रन बनाएका थिए भने दोस्रो खेलमा ६ रनमा आउट भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell