काठमाडौँ : महाधिवेशन प्रतिनिधिहरुको नामावलीमा उठेको विवाद मिलाउन गर्नुपर्ने रुजु जारी रहेकोले नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयन गर्न भोलि हुने भनिएको मतदान फेरि सर्ने भएको छ।
उम्मेदवारको मनोनयन दर्तालाई आज साँझ ६ बजेसम्मको समय दिइएकोमा त्यसलाई बढाएर भोलि बिहान ११ बजेसम्म बनाइएको छ। यस अनुसार मतदान भदौ १ गते मात्रै हुने देखिएको छ।
उम्मेदवारी दर्ता भने सुरु भइसकेको छ। सबैभन्दा पहिले खुमबहादुर खड्कापक्षीय विद्यार्थी नेता शुभराम बस्नेतले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
त्यसैगरी दोस्रो नम्बरमा लक्ष्मण आचार्य र तेस्रोमा नवीन सिंह ठकुरी अनि चौथोमा बच्चन कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।