
विश्व क्रिकेट लिग च्यामिपयनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन्। डच टुरमा दुई खेल खेल्दा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो।
६९ बल खेल्दै पारसले ४ चौका र १ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरे। उनले ३७ औं ओभरको चौथो बलमा २ रन लिँदै अर्धशतक पूरा गरेका हुन्।
अघिल्लो खेलमा खाता नखोली आउट भएका पारसले यो खेलमा भने सम्हालिएर खेलेका छन्।
पारसको अर्धशतकसँगै नेपालको प्रदर्शनमा सुधार आएको छ। पारसलाई सागर पुनले साथ दिइरहेका छन्। अहिलेसम्म नेपालले ३८ ओभर खेल्दा ३ विकेट गुमाएर १ सय ३९ रन बनाएको छ। पारस र सागरले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेका छन्।
यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए भने शरद भेषावकर ६ तथा अनिल मण्डल ४ रनमा आउट भए। फाइल फोटो