PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​डब्लुसिएल च्याम्पियनसिप नेपालद्वारा नेदरल्याण्ड्ससामु २१८ रनको चुनौती पेस



पहिलोपोस्ट

​डब्लुसिएल च्याम्पियनसिप नेपालद्वारा नेदरल्याण्ड्ससामु २१८ रनको चुनौती पेस

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सामु २१८ रनको चुनौती पेस गरेको छ।

आस्टलभिलस्थित भिआरए ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा २ सय १७ रन बनाएको हो। 

नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक ८४ रन बनाए। लगातार तीन विकेट पतन भएको बेला कप्तान पारसले सागर पुनसँग मिलेर चौथो विकेटका लागि १ सय १८ रनको साझेदारी गर्दै नेपालको स्कोर उकासेका थिए। 

९४ बल खेलेका पारसले ७ चौका र १ छक्का प्रहार गरे। यस्तै सागर पुनले ७८ बलमा ४५ रनको योगदान गरे। ५२ बल खेलेका उपकप्तान ज्ञानेन्द्र मल्लले १ चौका र १ छक्काको मद्धतमा ३९ रन बनाए। 

विनोद भण्डारीले १४ बलमा २ छक्का प्रहार गर्दै १७ रन बनाए।  बलिङतर्फ नेदरल्याण्ड्सका माइकल रिप्पोनले सर्वाधिक ४ विकेट लिए। 

नेदरल्याण्ड्स विरुद्धकै पहिलो खेलमा भने नेपाल ९४ रनमा अलआउट भएको थियो भने ७ विकेटले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell