PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

पत्रकारलाई लाठी हानेकोमा पत्रकार महासंघको आपत्ति, कारबाही गर्न माग



पहिलोपोस्ट

काठमाडौँ : नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। 

हिजो साउन ३० गते महाधिवेशन स्थल सानेपामा संघको आन्तरिक विवादको खबर संकलन गर्न पुगेका पत्रकार चौधरीमाथि प्रहरीले पत्रकारको परिचय दिँदादिँदै लाठी प्रहार गरेको महासंघ एभिन्यूज शाखाले जनाएको छ।

आक्रमणबाट पत्रकार चौधरीको खुट्टा र ढाडमा चोट लागेको छ।

महासंघका महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तिमा पत्रकार चौधरीमाथि भएको यो घटना निन्दा गर्दै घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सम्बन्धित पक्षसंग माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell