PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​अन्तर्राष्ट्रिय दर्नाल सम्मान चमारलाई



रासस

काठमाडौँ : दलित अधिकारकर्मी सुभाष दर्नालको स्मृतिमा स्थापित ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल सम्मान’ कपिलवस्तुका रक्षाराम चमारलाई प्रदान गरिएको छ।
     
सीमान्तकृत मधेसी दलित किसान परिवारमा जन्मिएका २८ वर्षीया चमारलाई दलित तथा अन्य सीमान्तकृत समुदायको सामाजिक न्याय र शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत सरिता दर्नाल, दलित आन्दोलनका अगुवा पदम सुन्दास र शक्ति समूह नेपालका संस्थापक सदस्य चरीमाया तामाङले संयुक्त रूपमा प्रदान गरे।  
     
दर्नालको पाँचौँ वार्षिक स्मृतिका अवसरमा जागरण मिडिया सेन्टर र सरिता परियार ट्रस्ट फन्डले संयुक्त रूपमा यहाँ आज आयोजना गरेको कार्यक्रममा रु पाँच लाखको सो सम्मान प्रदान गरिएको हो।
     
दर्नालको २०६८ साल साउन ३० गते अमेरिकामा कार दुर्घटनामा परी  निधन भएको थियो। दर्नाल सेन्टरका अध्यक्ष, शान्तिका लागि साझा अभियान (कोक्याप)का संस्थापक अध्यक्ष तथा समता फाउन्डेसनका कार्यकारी निर्देशक समेत थिए।
     
सो अवसरमा सेन्टरका अध्यक्ष रेम विश्वकर्माले विशेषगरी दलित तथा पछाडि पारिएको समुदायको उज्ज्वल भविष्यका लागि अविस्मरणीय काम गरेका दर्नालबाट नेपाली समाजले धेरै सिक्नुपर्छ भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell