PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​नेपाल कप फुटबलको उपाधि आर्मीलाई, पुलिस २-० ले पराजित



पहिलोपोस्ट

​नेपाल कप फुटबलको उपाधि आर्मीलाई, पुलिस २-० ले पराजित

विभागिय डर्बी भिडन्तमा नेपाल पुलिसलाई पराजित गर्दै त्रिभुवन आर्मीले चौथो नेपाल कप फुटबलको उपाधि जितेको छ। चितवनमा सोमबार सम्पन्न फाइनल खेलमा पुलिसलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो। 

उपाधि सँगै स्पोर्टस फर अल क्लब नेपालले आयोजना गरेको प्रतियोगितामा आर्मीले उपाधि सहित नगद ३ लाख, ट्रफी र प्रमाणपत्र हात पारेको छ।

क्याम्पाचौरमा भएको खेलमा दुवै गोल आर्मीले पहिलो हाफमा गरेको थियो। खेलको १९ औं मिनटमा भरत खवासले पुलिसका तीन खेलाडीलाई छलाई डिबक्स भित्रबाट सहजै गोल गर्दै अग्रता दिलाए। ३० औं मिनटमा सुमन अर्यालले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे।

पुलिसलले पहिलो हाफमै बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन। दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् र आर्मी २-० गोल अन्तरले विजयी भयो। 

च्याम्पियन आर्मीले नगद ३ लाख प्राप्त गर्दा उपविजेता पुलिसले नगद २ लाख मै चित्त बुझायो। फाइनल खेलका म्यान अफ दि म्याच आर्मीकै सुमन अर्याल घोषित भए।

आर्मीकै भरत अवास सर्वाधिक गोलकर्ता बने। खवास प्रतियोगिताभर ३ गोल गरे। यस्तै मोस्ट भ्यालुएबल प्लेअर पुलिसका रविन श्रेष्ठ घोषित भए। उत्कृष्ट तीनै खेलाडीले जनही १० हजार प्राप्त गरे।

विजता तथा उपविजेतालाई टिमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधान मन्त्री कमल थापालगायतले पुरस्कार वितरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell