PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

​फिल्म निर्माता तथा कांग्रेस नेता रोज राणामाथि खुकुरी प्रहार



रासस

काठमाडौँ :  फिल्म निर्माता तथा कांग्रेसका प्युठान जिल्लाका क्षेत्रीय सभापति रोज राणामाथि आज साँझ काठमाडौँमा खुकुरी प्रहार भएको छ। 

मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल अगाडि अपरिचित समूहले राणाामाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए। घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

खुकुरी प्रहारबाट राणाको दाहिने हातमा चोट लागेको छ । उनको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell