PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

काबुल घटनाको छानबिनका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन



पहिलोपोस्ट

काबुल घटनाको छानबिनका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं : १३ जनाको ज्यान जाने गरी अफगानिस्तानको काबुलमा गत असार ६ गते भएको घटनाको छानबिन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।
 
श्रम सचिव विष्णु लम्सालको नेतृत्वमा २०७३ असार ९ गते मन्त्रिपरिषदले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित बासस्थानको ग्यारेन्टी गरेर मात्रै सुरक्षा गार्डमा कामदार पठाउन सकिने सुझाइएको छ।
 
प्रतिवेदन हस्तान्तरण क्रममा तत्कालीन श्रममन्त्री रहेका आपूर्ति मन्त्री दीपक बोहरा समेतको उपस्थिति थियो।
 
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले ‘विदेशमा रोजगारीका लागि गएका नेपालीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकार प्रतिबद्ध रहेको' बताएका थिए। 'प्रतिवेदन अध्ययन गरेर यसबारे मन्त्रीपरिषदको बैठकमा छलफल गरी निर्णय गरिनेछ,’ प्रधानमन्त्री दाहालले भने।
 
साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने नेपालीहरुलाई सो कम्पनीले क्यानेडियन राजदूतावासमा सुरक्षाका लागि खटाउने गर्थ्यो। कार्यालय गइरहेको बेला उनीहरु चढेको बसमा आक्रमण हुँदा १२ जनाको घटनास्थलमै र थप एकको उपचार क्रममा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell