काठमाडौँ : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपालले १९ रनको विजय हात पार्यो्। यो विजयसँगै नेपालले लिग च्याम्पियनसिपमा आफ्नो आशा कायमै राख्यो।
पहिलो खेलमा ९४ रनमै अल आउट भएर ७ विकेटको पराजय सहेको नेपालको 'कमब्याक' उल्लेखनीय थियो। नेपालले लिगकै सबैभन्दा बलियो नेदरल्यान्डसलाई प्रतियोगिताकै पहिलो हार चखाउँदाको महत्त्वपूर्ण क्षणहरु-
त्यसपछि पारसले सागर पुनसँग मिलेर चौथो विकेटका लागि १ सय १८ रनको साझेदारी गरे। नेपालको विजयको आधारशिला यसैले तयार पारेको थियो। पारसले खेलकै सबैभन्दा बढी साता वटा चौका ठोके भने एक छक्का पनि उनको ब्याटबाट निस्कियो। ८४ रन बनाएका पारस ४३.४ ओभरमा आउट हुँदा नेपालले १८३ रन बनाइसकेको थियो।
पहिलो खेलमा ९४ रनमै अल आउट भएर ७ विकेटको पराजय सहेको नेपालको 'कमब्याक' उल्लेखनीय थियो। नेपालले लिगकै सबैभन्दा बलियो नेदरल्यान्डसलाई प्रतियोगिताकै पहिलो हार चखाउँदाको महत्त्वपूर्ण क्षणहरु-
१) पारसको कप्तानी इनिङ्ग्स
पहिलो खेलमा ९४ रनमा अल आउट। त्यसमाथि पारस सून्यमा आउट। दोस्रो खेलमा पनि नेपालको सुरुवात खासै राम्रो भएन। ज्ञानेन्द्र मल्लसँग आएका अनिल मण्डल ५ रनमै बोल्ड भए। मिस्टर रिलायबल शरद् भेषावकर एउटा चौका हानेर ६ रनमा आउट हुँदा नेपालले जम्मा ४१ रन बनाएको थियो। ज्ञानेन्द्र मल्ल पनि ३९ रनमा आउट हुँदा नेपालले ६५ रनमा तीन विकेट गुमाइसकेको स्थिति थियो।त्यसपछि पारसले सागर पुनसँग मिलेर चौथो विकेटका लागि १ सय १८ रनको साझेदारी गरे। नेपालको विजयको आधारशिला यसैले तयार पारेको थियो। पारसले खेलकै सबैभन्दा बढी साता वटा चौका ठोके भने एक छक्का पनि उनको ब्याटबाट निस्कियो। ८४ रन बनाएका पारस ४३.४ ओभरमा आउट हुँदा नेपालले १८३ रन बनाइसकेको थियो।