PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ल्यापटपबाट इन्टरनेट चलाउँदा ब्याट्री चाँडै सकिने समस्या छ? यसो गर्नुस्



पहिलोपोस्ट

ल्यापटपबाट इन्टरनेट चलाउँदा ब्याट्री चाँडै सकिने समस्या छ? यसो गर्नुस्

काठमाडौं : तपाईंको ल्यापटपमा इन्टरनेट चलाउँदा चाँडै ब्याट्री सकिने समस्या छ भने सोच्नैपर्छ।

- किन चाँडै ब्याट्री सकिइरहेको छ?
- ब्याट्रीकै खराबी हो या अरु समस्या?

ल्यापटपको ब्याट्री चाँडो सिद्धिनुमा ब्राउजर एक प्रमुख कारक रहेको पत्ता लागेको छ।
 
विश्वकै सबैभन्दा चर्चित इन्टरनेट ब्राउजर बन्न गुगल क्रोमलाई धेरै समय लागेन। इन्टरनेट एक्स्प्लोरर र फाइरफक्स जस्ता टप ब्राउजरमा देखापरेका केही असुविधाहरूलाई समाधान गरेर क्रोमले तिनीहरूको प्रयोगकर्ताहरूलाई समेत आफूतर्फ तान्न सफल भयो। गुगलको यही नीतिलाई अहिले ओपेरा ब्राउजरले समेत पछ्याउन सुरु गरेको छ।
 
कम्पनीले हालै गरेको एक घोषणाका अनुसार, यसको डेस्कटप ब्राउजरको पछिल्लो भर्जनमा नयाँ ‘पावर सेभिङ मोड’ समावेश गरिएको छ, जसले ल्यापटपको चार्जलाई ५० प्रतिशतभन्दा बढी बचत गर्ने कम्पनीले दाबी गरेको छ।
 
गुगलको क्रोम ब्राउजरलाई छोडेर कुनै अर्को ब्राउजर चलाउन थाल्नु भनेको जुनसुकै प्रयोगकर्ताहरूको लागि मुस्किल हुन जान्छ।
 
नहोस् पनि किन? अन्य ब्राउजरभन्दा क्रोम सुपरफास्ट छ। हेर्दा पनि सुन्दर छ, त्यस लगायत यसले हाम्रो सबै डाटाहरूलाई एकै ठाउँमा सिन्क गरेर राख्दछ। तर यदि कथमकदाचित क्रोमलाई छोडेर ओपेरातिर लाग्ने एउटा कारण खोज्ने हो भने, ल्यापटपको ब्याट्री ५० प्रतिशतभन्दा बढी बचाउने फिचर सायद राम्रो कारण बन्न सक्छ।

किनभने क्रोमले प्रयोगकर्ताहरूको ल्यापटपको ब्याट्रीलाई अझसम्म ध्यानमा राखेर नयाँ फिचर थपेको छैन। एजेन्सीको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell