PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

फिनिसिङ लाइनमा डाइभ हानेर मिलरले जितिन् गोल्ड मेडल

फिनिसिङ लाइनमा डाइभ हानेर मिलरले जितिन् गोल्ड मेडल

पहिलोपोस्ट /पहिलोपोस्ट


रियो ओलम्पिकको महिला ४ सय मिटर दौडमा बहमासकी शाउनाए मिलरले नाटकीय शैलीमा गोल्ड मेडल जितेकी छिन्।
 
दौडको अन्त्यतिर उनले डाइभ हान्दै अमेरिकी एलिसन फेलिक्सलाई ०.०७ सेकेण्डले पछि पारेकी हुन्।
 
निर्धारित दुरी मिलरले ४९.४४ सेकेण्डमा पुरा गरिन्। मिलरले फिनिसिङ लाइनमा डाइभ हानेपछि पाँचौ ओलम्पिक गोल्ड मेडल जित्ने योजनामा रहेकी फेलिक्स रजतमै सीमित भइन्। उनले निर्धारित दुरी ४९.५१ सेकेण्डमा पूरा गरिन्।
 
४९.८५ सेकेण्डमा दौड पूरा गरेकी जमैकन शेरिका ज्याक्सनले कास्य पदक हात पारिन्।
 
गत वर्षको वर्ल्ड च्याम्पियनसिप जितेकी फेलिकसले रियोमा २ सय र ४ सय मिटर दौडिने योजना बनाएकी थिइन्। तर अमेरिकन ट्रयालका क्रममा घुँडामा चोट लागेपछि उनी २ सय मिटरका छनोट भइनन्। फेलिक्सले ४ वर्षअघि लण्डनमा २ सय मिटरमा स्वर्ण जितेकी थिइन्।
 
रियोमा रजत जितेपछि उनको ओलम्पिक पदक संख्या ७ पुगेको छ, जसमा ४ स्वर्ण पदक र ३ रजत पदक रहेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell