PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

दुर्घटनामा निधन भएका खेवाका छोराछोरीको शिक्षामा पार्टीले सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता



पहिलोपोस्ट

दुर्घटनामा निधन भएका खेवाका छोराछोरीको शिक्षामा पार्टीले सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं : धनकुटामा भएको बस दुर्घटनामा परी निधन भएका पूर्व अर्थ राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता हरिराज खेवा लिम्बुका परिवारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भेट गरेका छन्।
 
भेटका क्रममा प्रधानमन्त्रीले पूर्व क्षेत्रले मात्रै नभई देशले एक होनाहार, इमानदार र प्रतिभाशाली नेता गुमाएको भन्दै दु:ख व्यक्त गरे। उनले खेवाका छोराछोरीको शिक्षादीक्षामा पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस साउन १४ गते दुर्घटना हुँदा खेवासहित १५ भन्दा बढीको ज्यान गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell