PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

सर्पले टोकेर दुई जनाको मृत्यु, एक महिलाको उपचार हुँदै



रासस

सर्लाही : सर्लाहीको सिमरा–६ बस्ने ३० वर्षीया उर्मिलादेवी यादवको ४ वर्षीय छोरा आशिषको सर्पले टोकेर ज्यान गएको छ।

गएराति सुतिरहेको अवस्थामा आमा छोरालाई नै सर्पले टोकेको थियो। उपचारका लागि जिल्ला अस्पताल सर्लाही लैजाने क्रममा आशिषको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उर्मिलादेवीको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
 
यस्तै, सर्लाहीकै मलंगवा नगरपालिका–४ क्याम्पस चोक बस्ने २२ वर्षीय सुनिल साह सोनारको पनि सर्पले टोकेर मृत्यु भएको छ।

कौडेना–४ स्थित आफ्नै कुखुरा फार्ममा सोमबार कुखुरा झिक्ने क्रममा उनलाई सर्पले टोकेपछि उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell