PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

रियो ओलम्पिकको गोल्ड मेडलमा १.२ प्रतिशत मात्र सुन, थाहा पाउनुस् कसरी तयार हुन्छ?



पहिलोपोस्ट

रियो ओलम्पिकको गोल्ड मेडलमा १.२ प्रतिशत मात्र सुन, थाहा पाउनुस् कसरी तयार हुन्छ?

साधारणतय: गोल्ड मेडल भनेपछि त्यसमा पूरै सुन राखिएको होला भनेर बुझिन्छ। ओलम्पिक जस्तो ठूलो खेल उत्सवमा त झनै शुद्ध सुनबाट बनाइएका मेडल तयार गरिन्छ भनेर धेरैले बुझ्ने गरेका छन्।
 
ब्राजिलमा जारी रियो ओलम्पिकको मेडल-कथा भने फरक छ। विजेता बन्दै आफ्नो गोल्ड मेडल झुण्ड्याउनेहरुले शतप्रतिशत सुनको मेडल पाएका छैनन्।
 
ओलम्पिक मेडल आफैंमा एक सम्मानित पदक हो। यसलाई पैसासँग तुलना गरिँदैन।
 
ओलम्पिककै सफल खेलाडी माइकल फेल्प्स, स्प्रिन्टर युसेन बोल्ट जस्ता खेलाडीले पाएको गोल्ड मेडलमा १.२ प्रतिशत मात्र सुन राखिएको छ। त्यो पनि बाहिर प्लेटिङ गर्न मात्र प्रयोग गरिएको।
 
अहिलेको मार्केट अनुसार उक्त गोल्ड मेडलको मूल्य मात्र ५८७ ओरिकी डलर पर्छ। ती गोल्ड मेडलको तौल ५ सय ग्राम छ। गोल्ड मेडलमा मर्करी धातु प्रयोग गरिएको छैन। सिल्भर मेडल पुराना ऐना र एक्स रे प्लेटको रिसाइकलबाट बनाइएको छ।
 
ओलम्पिक र पारा ओलम्पिकको गरी कुल ५ हजार १ सय ३० मेडल तयार पार्न ४८ घण्टा लागेको मेडल निर्माण कार्यमा संलग्न प्रमुख भुक्टोर ह्युगो बर्बोटले बताएका छन्।
 
१ सय ४ वर्षयता ओलम्पिकमा गोल्ड मेडल जित्नेले शत प्रतिशत सुन भएको मेडल पाएका छैनन्। पछिल्लो पटक सन् १९१२ को स्टकहोम ओलम्पिकमा गोल्ड मेडल जित्ने खेलाडीले पूरा सुन भएको मेडल पाएका थिए।
 
रियो ओलम्पिकमा तयार पारिएको मेडलको एकातिर रियो २०१६ र त्यसको लोगो छ भने अर्कोपट्टि ग्रिसको पुरानो देवता नाइकको मूर्ति र त्यसमाथि ओलम्पिक रिङ रहेको छ।

यसरी बन्छ गोल्ड मेडल
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell