PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

खडेरी पीडितलाई अक्षय कुमारको ९० लाख



पहिलोपोस्ट

खडेरी पीडितलाई अक्षय कुमारको ९० लाख

भारतको महाराष्ट्रमा खडेरीको समस्याले गर्दा किसानहरु मर्कामा पर्ने क्रम बढ्दो छ। खडेरीका कारण त्यहाँको जनजीवन निकै प्रभावित छ। खडेरी प्रभावित क्षेत्रका जनतालाई सहयोग जुटाउने काममा बलिउड सेलिब्रिटीहरु पनि लागि परेका छन्।
 
सामाजिक कार्यमा सक्रिय अभिनेता अक्षय कुमारले पनि खडेरी पीडितका लागि ९० लाख भारतीय रुपैयाँ सहयोग गर्ने भएका छन्। भोकमरीका कारण महाराष्ट्रका किसानहरुले आत्महत्या गर्ने क्रम बढेपछि उनले सो रकम सहयोग गर्ने निर्णय गरेका हुन्।
 
यसअघि अक्षयले आफ्नो प्रदर्शनमा रहेको फिल्म 'रुस्तम'को प्रोमोसनको क्रममा आर्मी जवानहरुलाई भेट्न गएका थिए। उनले जवानहरुको लागि पनि ८० लाख सहयोग प्रदान गरे। उनले आर्मीहरुका लागि पद र तप्का बाहेक पैसा पनि आवश्यक पर्छ भनेको बलिउड हंगामामा उल्लेख गरिएको छ।
 
महाराष्ट्रका खडेरी पीडितका लागि भने अर्का भारतीय अभिनेता रितेश देशमुखले पनि २५ लाख सहयोग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell