PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

नेविसंघ अध्यक्षमा ८ को उम्मेदवारी, देउवा र पौडेल पक्षबाट एक-एक बागी



रमेश वाग्ले

नेविसंघ अध्यक्षमा ८ को उम्मेदवारी, देउवा र पौडेल पक्षबाट एक-एक बागी

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ।
 
पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षीय दुई जनाले प्यालसहित उम्मेदवारी दर्ता गराएका छन् भने दुवैतर्फ एकएक जनाले विद्रोही उम्मेदवारी (बागी) दिएका छन्।
 
देउवा प्यानलबाट अध्यक्षमा डडेलधुराका नैनसिंह महरको उम्मेदवारी परेको छ। देउवा पक्षकै सरोज थापा र नेता कृष्णप्रसाद सिटौला गुटका कुन्दनराज काफ्लेले महामन्त्रीमा उम्मेदवारी दिएका छन्।
 
पौडेल प्यालनबाट भने अध्यक्षमा रोल्पाका मनोजमणि आचार्यले उम्मेदवारी दिएका छन्। दुई महामन्त्रीमा पौडेल प्यानलकै दीपक भट्टराई र हिमालदत्त श्रेष्ठको उम्मेदवारी परेको छ।
 
दुवैदर्फका यी आधिकारिक उम्मेदवारबाहेक पनि एकएक जनाले विद्रोही उम्मेदवारी दिएका छन्। देउवा पक्षमै रहेका शुभराम बस्नेतले अध्यक्षमै उम्मेदवारी दिएका छन्। उनलाई देउवा पक्षकै नेता खुमबहादुर खड्काको समर्थन छ।

पौडेल पक्षमा रहेका आनन्दराज त्रिपाठीले पनि अध्यक्षमै उम्मेदवारी दर्ता गराएका छन्।

त्यसबाहेक अध्यक्षमा वाल्मीकि क्याम्पसका पूर्वसभापति लक्षमण आचार्य, ललितकला क्याम्पसका पूर्व इकाइ अध्यक्ष नगेनसिंह ठकुरी, नेविसंघकै पूर्व अध्यक्ष महेन्द्र शर्माका निकट पदमराज पन्त र नेविसंघमै काम गरेका बच्चन कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell