PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

महराले बुझाए चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तोपत्र



पहिलोपोस्ट

महराले बुझाए चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तोपत्र

काठमाडौ‌ं : चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट पठाइएको पत्र उनले आज बुझाएका हुन्।

चिनियाँ विदेश मन्त्री वाङ यी सँगको भेटमा महराले वाङमार्फत नै सो पत्र दिएका हुन्। बेइजिङस्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्तिमा 'चिनियाँ समकक्षीलाई नेपालका राष्ट्रपतिको निमन्त्रणा पत्र वाङ यी लाई दिइएको' उल्लेख छ।

मंगलबार बिहान भएको भेटमा द्विपक्षीय हित र समझदारीका विषयमा समेत छलफल भएको दुतावासले उल्लेख गरेको छ।

भेटमा विदेश मन्त्री यीले नयाँ सरकार गठनलगत्तै नेपालले विशेष दूत पठाएकोमा सराहना गरेका थिए। उपप्रधानमन्त्री महरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतको रुपमा चीन पुगेका हुन्। यीले नेपालसँगको सम्बन्ध सुदृढ रहने र अन्तर्राष्ट्रिय परिस्थिति तथा नेपालको आन्तरिक घटनाक्रमले परिवर्तन नहुने स्पष्ट गरेका थिए।

भेटमा महराले एक चीन नीतिमा नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए। महराले भने विगत सरकारले गरेको सम्झौतालाइ निरन्रता दिन र अगाडि बढाउन अहिलेको सरकार प्रतिबद्ध रहेको बताएका थिए। चीनले भने प्रधानमन्त्री प्रचण्डसँग पुरानो सम्बन्धबारे स्मरण गरेको थियो। 

चिनियाँ विदेश मन्त्रीले भने विगतमा भएको ट्रान्जिट र ट्रेड सम्बन्धि सम्झौता, उर्जा, पुनर्निर्माण लगायतका कार्यान्वयनमा विषयमा सहयो जारी राख्ने बताएका थिए। साथै नेपाली राजनीतिक दलहरुबीचको एकता र स्थिरताको पक्षमा चीन रहेको यी ले बताएक थिए। 



चिनियाँ राष्ट्रपति असोज ३१ गते नेपाल आउने सम्भावना छ।

फोटो : एपी, रोयटर्स 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell