PahiloPost

May 24, 2026 | १० जेठ २०८३

प्रधानमन्त्री प्रचण्डले भने- 'सहिद र बेपत्ता परिवारलाई ५ लाख दिइने निर्णय गरेको छु'



रासस

प्रधानमन्त्री प्रचण्डले भने- 'सहिद र बेपत्ता परिवारलाई ५ लाख दिइने निर्णय गरेको छु'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक पद सम्हालेपछि सहिद र बेपत्ता परिवारलाई पाँच लाख दिने निर्णय गरेको बताएका छन्। आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सहिदलाई राज्यबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय गरेको स्मरण गराउँदै यस्तो बताएका हुन्।
 
मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सहिद तथा बेपत्ता परिवारसँगको सामूहिक भेटमा उनले भने, 'म सहिद तथा बेपत्ता परिवारको समस्याप्रति संवेदनशील छु।'
 
शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै सहिद तथा बेपत्ता योद्धा परिवारलाई राहत दिन आफ्नो ध्यान केन्द्रित हुने समेत उनले बताए।
 
सो भेटमा सहिद तथा बेपत्ता परिवारले बेपत्ताको अवस्था सार्वजानिक गर्न, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिद परिचयपत्रको व्यवस्था गर्न र शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell