PahiloPost

May 24, 2026 | १० जेठ २०८३

भूकम्पपीडितलाई २ लाख होइन ५ लाख दिनुपर्छ : बाबुराम भट्टराई



रासस

भूकम्पपीडितलाई २ लाख होइन ५ लाख दिनुपर्छ : बाबुराम भट्टराई

गोरखा : भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएको भन्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन्।
 
‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तर्क्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि रु दुई लाख रुपैयाँको सट्टा पाँच लाखका दरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिए।
 
'पचासथरीका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन,' सदरमुकाममा आज भएको कार्यक्रममा भट्टराईले भने, 'पाँच लाखका दरले अनुदान दिने र न्यूनतम ब्याजमा ऋण दिने व्यवस्था गरियो भने मात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन्।'

सरकारले रु ५० हजारका दरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जग खन्न पनि नपुग्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell