PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

अनसनरत गंगामाया अधिकारी आइसियुमा



रासस

अनसनरत गंगामाया अधिकारी आइसियुमा

काठमाडौं : अनसनरत गङ्गामाया अधिकारीको अवस्था नाजुक भएपछि उनलाई अहिले आइसियुमा राखिएको छ।
 
गत बिहीबारदेखि स्लाइन र औषधि समेत नलिई आमरण अनसन सुरु गरेपछि उनको अवस्था नाजुक भएको हो। मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार सलाइन चढाउन खोज्दा नाडीमा रगत ‘जाम’ भएपछि अहिले टीबाट सलाइन दिने तयारी भइरहेको छ।
 
आइतबारदेखि मानवअधिकारकर्मीले सरकारलाई दबाब दिन ‘गङ्गामाया बचाऔँ’ अभियान सुरु गरेका छन्। सोहीअनुसार मानवअधिकारकर्मीले आज उनी अनसनरत वीर अस्पतालमा नै धर्ना दिएका छन्।
 
२०६१ सालमा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनसनमा बसेका थिए। अनसनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गङ्गामाया एक्लैले अनसनलाई निरन्तरता दिँदै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell