PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

सिलबन्दी गरेको ताला फुटाउने थापा पक्राउ



पहिलोपोस्ट

काठमाडौं : आपूर्ति मन्त्रालयको अनुगमन टोलीले सिलबन्दी गरेको ताला फुटाउने ३५ वर्षीय गोपाल थापा पक्राउ परेका छन्।
 
काठमाडौं महानगरपालिका५ कालोपुलस्थित वासु ढकालको बिगमार्टमा अनुगमन टोलीले सोमबार सिलबन्दी गरेको थियो। सिलबन्दी तोडेको सूचना पाएपछि प्रहरीले काठमाडौं कालोपुल बस्ने कपिलवस्तु वाणगंगाका गोदाम इन्चार्ज थापालाई आज पक्राउ गरेको हो।
 
थापाले सिलबन्दी गरेको ताला फुटाई आफ्नो मोटरसाइकलको चाबी निकालेर सटर बन्द गरेका थिए। महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell