
एएफसी प्लेअफ क्वालिफायरमा प्रतिस्पर्धा गर्न थ्री स्टार क्लब मंगलबार बेलुका मंगोलिया जाँदैछ। नेपाली राष्ट्रिय लिग च्याम्पियनको हैसियतमा पाटने क्लब थ्री स्टारले एएफसी प्लेअफ क्वालिफायरमा सहभागिता जनाउन लागेको हो।
२० खेलाडी, पदाधिकारी, अफिसियल सहित कुल ३२ सदस्यीय टोली मंगोलिया जाने क्लबले बताएको छ। खेलाडी तथा पदाधिकारीलाई मंगलबार क्लबले एक कार्यक्रमका बीच बिदाइ गरेको हो। टोली मंगलबार बेलुका ७ः४० बजे कोरियन एअरलाइन्समा मंगोलिया प्रस्थान गर्नेछ।
उक्त प्रतियोगितामा थ्री स्टारको कप्तानी विक्रम लामाले सम्हाल्नेछन् भने उपकप्तानमा निराजन खड्का रहेका छन्।
समूह बी मा रहेको थ्री स्टारले घरेलु क्लब एर्चिम एफसी र कम्बोडियाको नागवर्ल्ड एफसीसँग प्रतिस्पर्धा गर्नेछ। एर्चिमसँगको पहिलो खेल आइतबार तथा नागवल्र्ड सँगको खेल मंगलबार हुनेछ।
मंगोलिया जानेहरु
अविशेक बराल, अजाई मार्टिन्स कायोडे, एलान न्यौपाने, असिम जंग कार्की, विजय धिमाल, विजय गुरुङ, विक्रम लामा, विनय श्रेष्ठ, विष्णु बहादुर सुनार, विष्णु गुरुङ, वुद्ध राज लिम्बु, देभेन्द्र तामाङ, निराजन खड्का, शुसन, पिटर सेगुन, प्रकाश बुढाथोकी, रन्जित धिमाल, रोशन मल, सरोद दाहाल, सुनिल बालमुख्य प्रशिक्षक : मेघ राज केसी
प्रशिक्षक : रविन्द्र शिलाकार
फिजियो : सुरज भुसाल
टीम म्यानेजर : कृष्ण अवाले