PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

फिफाका पूर्व अध्यक्ष जाओ हाभेलाङ्गेको सय वर्षको उमेर निधन



पहिलोपोस्ट

फिफाका पूर्व अध्यक्ष जाओ हाभेलाङ्गेको सय वर्षको उमेर निधन

फिफाका पूर्व अध्यक्ष जोएओ हाभे लाङगेको सय वर्षको उमेर निधन मंगलबार निधन भएको छ।

उनले सन् १९७४ देखि १९९८ सम्म २४ वर्ष फिफाको अध्यक्ष रुपमा बिताएका थिए। सन् २०१३ को अप्रिलमा उनले भ्रष्टाचार प्रकरण फोक्सोको इन्फेक्सनका कारण फिफाको अनरेरी प्रेसिडेन्टबाट राजिनामा दिएका थिए। 

उनी सन् १९६३ देखि २०११ सम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीका सदस्य समेत रहेका थिए। स्वास्थ्यकै कारण उनले आइओसी सदस्यबाट राजिनामा दिएका थिए। 

यस्तै सन् १९३६ को ओलम्पिकमा हाभेलाङ्गेले ब्राजिलको तर्फबाट पौडीको स्पर्धामा भाग लिएका थिए।

उनले विश्वकप फुटबलमा सहभगिता संख्या १६ बाट बढाएर ३२ पुर्‍याएका थिए। उनको कार्यकालमा ६ फिफा विश्वकप फुटबल सञ्चालन भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell