PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

गणेश थापा निलम्बनमा परेपछि पहिलो पटक एन्फा अध्यक्ष चुन्न कात्तिक ८ मा निर्वाचन



पहिलोपोस्ट

गणेश थापा निलम्बनमा परेपछि पहिलो पटक एन्फा अध्यक्ष चुन्न कात्तिक ८ मा निर्वाचन

काठमाडौँ : विश्व फुटबल महासंघ (फिफा) ले गणेश थापालाई निलम्बन गरेपछि पहिलो पटक एन्फा अध्यक्ष चुन्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी ८ गते निर्वाचन गर्ने भएको छ।

एन्फाको आज बसेको  कार्य समितिको बैठकले विगत लामो समयदेखि आफ्ना रिक्त रहेका अध्यक्ष, उपाध्यक्ष पदमा निर्वाचन गर्ने निर्णय गरेको हो। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्मा आज बसेको बैठकले विश्व फुटबल सङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)ले दिएको निर्देशन मान्दै निर्वाचनमा जाने निर्णय गरेको एन्फाले जनाएको छ। 

त्यस्तै रिक्त रहेका पदमा विधानबमोजिम निर्वाचन गराउन निर्वाचन निर्देशिकालाई एफसीबाट स्वीकृत लिनका लागि पत्राचार गर्ने निर्णय बैठकले गरेको छ । 

बैठकले पाँच सदस्यीय निर्वाचन समिति पनि बनाएको छ। समितिमा एन्फाका कानुनी सल्लाहकार सुजित केसी, अधिवक्ता सागर केसी, राखेप सदस्य अमरसिंह शाह र अधिवक्ता सुमनकुमार केसी रहेका छन्। 

त्यस्तै बैठकले एएफसी कपमा खेल्ने क्लबलाई १० लाख र ५ लाख सहयोग दिने निर्णय पनि गरेको छ। यसअनुसार थ्री स्टार क्लबले १० लाख रुपैयाँ सहयोग पाउनेछ। 

बैठकले हिमालयन शेर्पा क्लबमाथिको प्रतिबन्ध पनि हटाउने निर्णय गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell