PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

महिला फुटबल : ब्राजिल बाहिरियो, स्वर्ण पदकका लागि स्वीडेन र जर्मनी भिड्ने



पहिलोपोस्ट

महिला फुटबल : ब्राजिल बाहिरियो, स्वर्ण पदकका लागि स्वीडेन र जर्मनी भिड्ने

घरेलु भूमिमा भएको ओलम्पिकमा स्वर्ण जित्ने ब्राजिललियन महिला टोलीको सपना समाप्त भएको छ।
 
रियो ओलम्पिक अन्तर्गत सेमिफाइनलमा स्वीडेनसँग हारेपछि ब्राजिलको महिला टोली फाइनल पुग्नबाट वञ्चित भएको हो।
 
ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको स्वीडेनले अब स्वर्ण पदकका लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।
 
जर्मनी क्यानडालाई २-० ले पराजित गर्दै फाइनलमा पुगेको हो। स्वीडेन र जर्मनीमध्ये जसले जिते पनि ओलम्पिक महिला फुटबलमा स्वर्ण जित्ने नयाँ टोली बन्नेछ।
 
ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना स्टेडियममा भएको आयोजक र स्वीडेनबीचको खेलको निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो। स्वीडेनलाई जिताउन पेनाल्टीमा लोट्टा सेलिन, कारोलाइन सेगर, निला फिसर र निशा दाहकभिस्टले गोल गरिन्। कोसोभारे अस्लानी भने गोल गर्न असफल भइन्।
 
ब्राजिलको तर्फबाट मार्टा, आन्ड्रेसा एल्भ्स र राफेइल्लाले गोल गरिन् भने क्रिस्टियन र आन्ड्रेसा गोल गर्न चुके।
 
स्वीडेनले क्वाटरफाइनलमा अमेरिकालाई पनि पेनाल्टी सुटआउटमै हराएको थियो।
 
यस्तै बेलो होरिजेन्टेस्थित मिनेइरो स्टेडियममा जर्मनीलाई जित दिलाउन मलोनी बेहरिंगर र सारा डाएब्रित्जले गोल गरे।
 
स्वीडेन र जर्मनीबीचको फाइनल खेल शुक्रबार माराकाना स्टेडियममा हुनेछ। त्यसअघि कास्य पदकका लागि ब्राजिलले क्यानडासँग एरेना कोरिन्थिएन्समा खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell