PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

ओलम्पिकमा नेपाल : हरिकुमार रिमाल ५ हजार मिटर दौडिँदै, राष्ट्रिय कीर्तिमान सुधार्ने लक्ष्य



पहिलोपोस्ट

ओलम्पिकमा नेपाल : हरिकुमार रिमाल ५ हजार मिटर दौडिँदै, राष्ट्रिय कीर्तिमान सुधार्ने लक्ष्य

काठमाडौं : रियो ओलम्पिक अन्तर्गत एथ्लेटिक्सतर्फ पुरुष ५ हजार मिटर दौडमा नेपालका हरिकुमार रिमालले आज प्रतिस्पर्धा गर्दैछन्। नेपाली समयअनुसार साँझ ६:५० बजे रिमालले हिट राउण्डमा प्रतिस्पर्धा गर्नेछन्।
 
हिट वनमा रिमाल सहित कुल २५ धावक छन् भने हिट टु मा २६ धावक रहेका छन्। दुवै हिटबाट शीर्ष ५ मा रहने धावक फाइनल चरणका लागि छनोट हुनेछन्। यस्तै 'बेस्ट टाइमिङ' भएका अन्य ५ पनि फाइनल राउण्डको लागि छनोट हुनेछन्।
 
फाइनल राउण्डको प्रतिस्पर्धा भने शनिबार हुनेछ।
 
रियोबाट पहिलोपोस्टसँगको कुराकानीमा रिमालले आफ्नो लक्ष्य अझै पनि नेसनल रेकर्ड ब्रेक गर्ने नै रहेको बताए। 'मेरो लक्ष्य नै नेसनल रेकर्ड ब्रेक गर्नु हो,' उनले भने, 'त्यसो नभए पर्सनल बेस्टमा सुधार गर्नमा मेरो ध्यान केन्द्रित हुनेछ।'
 
रिमालले १२ औं दक्षिण एसियाली खेलकुदमा निकालेको १४ मिनेट ३२.१८ सेकेण्ड समय नै उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो।
 
५ हजार मिटर पुरुषतर्फको नेसनल रेकर्ड राजेन्द्र भण्डारीको नाममा रहेको छ। सन् २००४ को एथेन्स ओलम्पिकमा भण्डारीले १४ मिनेट ०४.८९ सेकेण्डमा उक्त दुरी पूरा गरेका थिए। यस स्पर्धामा वर्ल्ड  रेकर्ड भने इथियोपियाका केनेनिसा बेकेलेको नाममा रहेको छ। सन् २००४ को एथेन्स ओलम्पिककमा बेकेलेले १२ मिनेट ३७.३५ सेकेण्डमा दुरी पूरा गर्दै रेकर्ड राखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell