PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

सिन्डिकेट हटाउन माग गर्दै सांसदहरुले भने- 'काभ्रेको बस दुर्घटना त्यसैको कारण हो'



मनोज सत्याल

सिन्डिकेट हटाउन माग गर्दै सांसदहरुले भने- 'काभ्रेको बस दुर्घटना त्यसैको कारण हो'

काठमाडौं : सांसदहरुले काभ्रेको बिर्तादेउरालीमा गत ३१ गते भएको बस दुर्घटनाको कारक सिन्डिकेट भएको बताएका छन्।
 
संसदको विशेष र शून्य समयमा बोल्दै सांसदहरुले दुर्घटनाको प्रमुख कारण सिन्डिकेट भएको बताउँदै यसलाई तोड्न सरकारसमक्ष माग गरे।
 
काभ्रेमा भएको दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए। काठमाडौंबाट गुडेको उक्त बस अरनिको यातायात सेवाको हो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा अरनिको यातायातले बस सेवा सञ्चालन गर्दै आएको छ।
 
कांग्रेस सांसद तीर्थबहादुर लामाले सिन्डिकेटकै कारण ९० प्रतिशत घटना हुने पुष्टि भएको बताए। उनले आफूहरु घटनास्थलको भ्रमणमा भएको उल्लेख गरे। 'डबल तेब्बर यात्रु बोकेकाले घटना भएको हो। गाडीको इन्जिन पुरानो भएकाले पनि दुर्घटना भयो,' उनले भने, 'आधारभूत ज्ञान नलिईकन लाइसेन्स लिएको पाउँछौं। यसले पनि सवारी दुर्घटना बढाएको छ। सम्बन्धित निकायले ध्यान पुर्‍याओस्।'
 
सांसद बिदुर सोपकोटाले घाइतेको निरीक्षणमा गृहमन्त्री गएपछि अझै उपचार नपाएको बताए। उनले सिन्डिकेट र सडक स्तरोन्तिमा ध्यान नदिँदा घटना भएको देखिएको बताए।
 
'बाटोको पुनर्निर्माण र स्तोरन्नोतिका लागि के गर्छौं? सवारी चालक मात्र हो कि सडकका कारण? काठमाडौमा हुने दुर्घटना सडककै कारण भएका छन्,' सापकोटाले प्रश्न गरे, 'सिन्डिकेट हटाउने हो कि होइन? सडकका कारण भएको दुर्घटनामा सरकारको ध्यान जान जरुरी छ कि छैन?'
  
सांसद कमला पुनले क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको बताइत्। उनले ८० को हाराहारिमा मान्छे बोकेको र गाडीमा ७३ बोरा चामल, सिमेन्ट १० बोरा, चिनी लगयातका सामान राखिएका कारण दुर्घटना भएको बताइन्।
 
'सरकारले के गरिरहेको छ? सिन्डिकेटले खारेज गरेको हो कि होइन?' उनको प्रश्न छ, 'कहिले प्रतिस्पर्धात्मक अवस्था सिर्जना हुन्छ?'
 
ढुवानी गर्ने गाडीले मान्छे बोक्न नहुने भन्दै सडक स्तरोउन्नति नहुनुमा बजेट सन्तुलित वितरण नहुनु पनि कारक रहेको उनले बताइन्।
 
त्यसअघि शून्य समयमा शिवचन्द्र चौधरीले धेरै गाडी चल्न नदिने, थोरैमा धेरै चढाउने र सिन्डिकेटका कारण दुर्घटना भएको बताए।
 
सांसद सीता नेपालीले पनि सिन्डिकेट खारेजी र ट्राफिक नियम कडाइका साथ लागू गराउन माग गरिन्।
 
सांसद हरिलाल ज्ञवालीले बैतडीमा ३ जना मृत्यु भएको घटनामा राज्यले उपचारमा ध्यान नदिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell