PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

देउवा निकट को ? सिटौला कि केसी?



रमेश वाग्ले

देउवा निकट को ? सिटौला कि केसी?

काठमाडौं : १३औं महाधिवेशनमा रामचन्द्र पौडेल पक्षले भाउ नदिएपछि शेरबहादुर देउवा प्यानल प्रवेश गरेर महामन्त्रीको उम्मेद्वार बनेका थिए अर्जुन नरसिंह केसी। यतिवेला पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध सभापतिमा उम्मेद्वारी दिएका कृष्ण सिटौला अर्जुननरसिंह केसी भन्दा देउवाको निकट देखिएका छन्।
 
नेपाली कांग्रेसको सबैभन्दा प्रभावशाली भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनमा यस्तै रोचक साँठगाँठ देखिएको छ।

नेविसंघ महाधिवेशनमा देउवा प्यालनमा सिटौंलाले एक महामन्त्रीसहित तीन उपाध्यक्ष पाएका छन् भने केसीले कोषाध्य र दुई सहमहामन्त्री।
१३ औं महाधिवेशनमा पहिलो चरणमा ५० प्रतिशत मत नपुगेपछि दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए सिटौलाले। तर अहिले आफ्नै गुट चलाइरहेका सिटौला देउवाकै महामन्त्री बनेर चुनाव हारेका केसी भन्दा निकट देखिएका छन्।

सिटौलाले देउवा प्यालनबाट आफ्नो प्यालनका कुन्दनराज काफ्लेलाई चुनाव लडाएका छन् भने नाम सार्वजनिक नगरिए पनि अन्य तीन प्रदेशका उपाध्यक्ष उनको भागमा परेको छ। तर केसीले भने कोषध्यक्ष र सहमहामन्त्रीमा नुवाकोटकै दुई जनालाई पदाधिकारीको सूचीमा राख्न सके। उनको कोटाबाट शंकरदेव क्याम्पस स्ववियुकी पूर्व कोषाध्यक्ष अञ्जना अर्याल यसपाला नेविसंघको कोषाध्यक्षमा भिड्दै छिन्।

सहमहामन्त्रीमा त्रिभुवन विश्वविद्यालय ग्रामिण विकास विषयकी स्वर्णपदक विजेता संचिता कुइकेल प्रेदेश नं तीनबाट सहमहामन्त्रीमा उम्मेद्वार बनेकी छिन्। उनको सिफारिसमा निरञ्जन थापा उपत्यकाबाट सहमहामन्त्री लडेका छन्।

केसीले देउवाको पूरै प्यालन आफ्नै प्यानल भएको भन्दै व्यक्तिगत सिफारिसमा तीन जना समेटिएको बताए।

‘अध्यक्षका उम्मेद्वार नैनसिंह महरदेखि उनको प्यालनमा रहेका सबै उम्मेद्वारहरु मेरा पनि उम्मेद्वार हुन्,’ केसीले भने,  ‘तर अञ्जना, संचिता र निरंजन तीन जनालाई मैले नै सिफारिस गरेका हुँ।’

त्यसबाहेक केन्द्रीय सदस्यका उम्मेद्वारहरु भने नेतै पिच्छेको भागमा चुनावी मैदानमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell