PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

चितवन राष्ट्रिय निकुञ्जको सीमा हेरफेर सम्बन्धी हल्ला निराधार : भूमिसुधार मन्त्री पाण्डे



पहिलोपोस्ट

चितवन राष्ट्रिय निकुञ्जको सीमा हेरफेर सम्बन्धी हल्ला निराधार : भूमिसुधार मन्त्री पाण्डे

  • सरिता पौडेल
चितवन : भुमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले माडी बाँदरझुलाको सुकुम्बासी बस्ती स्थानान्तरण गरिने बताएका छन्।
 
रिपोर्टर्स क्लब चितवनले आज भरतपुर विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुकुम्बासी बस्तीलाई सही स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।
 
सुकुम्बासी आयोगले पुनः आफ्नो कामलाई द्रुतगतिमा अघि बढाउने समेत उनले बताए।
 
पछिल्लो समय भइरहेको अव्यवस्थित भुखण्डीकरणलाई रोक्न सरकार लागिपरेको भन्दै उनले यसका लागि आफूले पहिलो निर्णय नै भू–नीति सम्बन्धि गरेको जानकारी दिए। आफू मन्त्री भएको तीन दिनमात्र भएकाले सबै अवस्था बुझेर मात्र सही निर्णय लिने उनको भनाइ छ।
 
मन्त्री पाण्डेले चितवन राष्ट्रिय निकुञ्जको सीमा नै हेरफेर भएको सम्बन्धी कुरा निराधार रहेको भन्दै त्यस्तै कुनै निर्णय नभएको दाबी गरेका छन्।
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका मन्त्री पाण्डेले फरक प्रसंगमा राप्रपा नेपालसँगको पार्टी एकीकरण प्रक्रिया जारी रहेको बताए। मन्त्रीमण्डल गठन गर्ने बेला मात्रै प्रक्रिया रोकिएकाले आन्तरिक प्रक्रिया टुंगिएसंगै पार्टी एकीकरण हुने उनले जिकिर गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell