
सलमान खानले पछिल्ली प्रेमिकासँग बिहे गरिसकेको खबरको रापले बलिउड हपहपी बनाएको छ। रोमानियाको क्लिक भन्ने पत्रिकाले सलमानकी प्रेमिका लुलियालाई 'श्रीमती खान' भनेर लेखेपछि बलिउडमा सनसनी फैलियो। ५० वर्षका दवंग सलमानमाथि सदावहार हुने बिहेको प्रश्न अब सकिएको हो त?
बिहे हो कि होइन तर रोमानियन मिडियाले श्रीमती खान भनेर लुलियालाई लेख्न थालिसक्यो भनेको छ भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले। पत्रिकाले सार्वजनिक नगरेको भएपनि बिहे भइसकेको हुनसक्ने तर्क पेश गरेको छ। यो तर्कको आधार पनि त्यही रोमानियाको पत्रिका नै हो।
सलमान र लुलियाका तस्बिरहरु एकपछि अर्को गरी सार्वजनिक हुन थालेपछि पत्रिकाहरुका लागि गतिलै खुराक बन्यो। त्यही आधारमा पनि रोमानियाको पत्रिकाले लुलियालाई श्रीमती खान भनेको पनि हुनसक्छ। तर जे होस् यसले बलिउडमा सलमान बहसको केन्द्रमा राख्ने काम गरेको छ।
सलमान र लुलियाले पहिल्यै बिहे गरे त? भन्ने प्रश्न गर्दै टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ। यो जोडीमाथिका अनेक प्रसंगलाई जोडेर पत्रिकाले लामै कथा बुनेको छ। कथा बुन्न फोटोहरुलाई नै आधार बनाइएको छ।
बलिउडमा सलमानका समकक्षी हिरो/हिरोइनका सन्तान हिरो/हिरोइनकै रुपमा पर्दामा देखिन सुरु गरिसकेका छन्। तर, सलमान अविवाहित नै छन्। अविवाहित रहे पनि सलमानका प्रेम प्रसङ्गहरु बलिउडका धेरै चर्चित हिरोइनहरुसँग जोडिएर हुने गर्छ। यसपाला उनको बिहेको खबर पनि चर्चामात्रै हो या साच्चै हो यसै भन्न सकिन्न।