PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेविसंघ मतदान : १९ फोटोमा हेर्नुस्, सानेपा परिसरको दृश्य

नेविसंघ मतदान : १९ फोटोमा हेर्नुस्, सानेपा परिसरको दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : ९ वर्षपछि नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सुरु भयो- गएको साउन २३ गते। पटक-पटक स्थगित हुँदै आएको महाधिवेशन सहज रुपमा अगाडि बढ्न सकेन। प्रतिनिधि विवादका कारण लम्बिएर ११ दिनपछि आज मात्रै मतदान सुरु भएको छ।
 
भृकुटीमण्डपमा तीन दिनका लागि हलहरु भाडामा लिइए पनि लम्बिने भएपछि महाधिवेशनका त्यसपछिका सम्पूर्ण कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सारियो।
 
आज बिहान ७ बजेबाट मतदान सुरु हुने भनिए पनि प्राविधिक कारण जनाउँदै झन्डै ५ घन्टापछि मात्रै मतदान सुरु भएको छ।
 
मतदानका लागि केही पदमा विद्युतीय उपकरण तथा केही पदमा कागजी मतपत्र प्रयोग गरिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। लाइनमा बसेका मतदाताहरुलाई सुरक्षाकर्मीले कडाइका साथ चेकजाँच गरिरहेका छन्।
 
हेर्नुस्, महाधिवेशनको मतदान कार्यक्रममा देखिएका केही दृश्यहरु-


ट्रेन्डिङ पोस्ट

Ncell