PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

क्यान्सर अस्पतालका बिचौलियालाई सार्वजनिक मुद्दा



पहिलोपोस्ट

क्यान्सर अस्पतालका बिचौलियालाई सार्वजनिक मुद्दा

चितवन :  भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आएका बिरामीलाई चिकित्सक भेटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 
विभिन्न जिल्लाबाट आएका बिरामीलाई चिकित्सक भेटाइदिने र अरु सुविधा पनि मिलाइदिने भन्दै दलाली गर्ने तनहुँ बन्दीपुर गेष्ट हाउसका प्रतिनिधि वासुदेव अधिकारी र बाँके बर्दिया गेष्ट हाउसका प्रभात शर्मालाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए।
 
पक्राउ परेकालाई अनुसन्धानका लागि म्याद थप गरी प्रहरीले सार्वजनिक अपराधको अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ। उनीहरुलाई बिरामी डोहोर्‍यार भित्र प्रवेश गराउने क्रममा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले यसअघि अस्पतालका ५ कर्मचारी सहित २० जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो। उनीहरु सबै धरौटीमा रिहा भएका छन्।
 
प्रशासनले पटक-पटक बिचौलियाको काम नगर्न सचेत गराए पनि गेष्ट हाउसका कर्मचारीले बिरामी फकाउने गरेका छन्। बिरामीलाई दु:ख दिने काम गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले बताए। चितवनमा प्रहरीले बिचौलिया नियन्त्रयण अभियान अन्तर्गत यस्ता कार्य गर्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell