PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

मुन्नी - अरवाज अलग अलग



पहिलोपोस्ट

मुन्नी - अरवाज अलग अलग

अरवाज खान र मलायका अरोराबीच सम्बन्ध विच्छेद भएको पहिलो समाचार आएको पनि महिनौ वितिसक्यो। त्यसयता यी दुवै आफ्नो सम्बन्धका विषयमा मौन नै रहिरहे।

उनीहरुबीच कस्तो सम्बन्ध छ भन्ने विषयमा खुल्नै चाहेनन्। त्यसै बीचमा मलायका अरोरा एक बेलायती व्यवसायीसँग जोडिएको खबर आयो भने अरवाज गोवाको समुन्द्री तटमा अरु नै कोही युवतीसँग रमाइरहेको फोटो सार्वजनिक भयो। आगोमा घ्यू थप्न यी दुई प्रकरण पर्याप्त थिए।

चल छैयाँ छैयाँ देखि मुन्नीसम्म मन पराइएकी मलायका र निर्देशक अरवाजको जोडीका फ्यानहरुका लागि दुखद् खबर : मुम्बई मिररले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार अरवाज खानले मलायकासँग छुट्टिने निर्णय गरिसके। र सार्वजनिक रुपमा त्यसलाई स्वीकारेसमेत।

सम्बन्धका विषयमा अरवाजलाई प्रश्न गर्दा उनले सहजै दुईजना सँगै नरहेको बताए। उनले भने, 'सयमको यो विन्दुमा हामी सँगै छैनौं, हामी छुट्टिसकेका छौं र यसबारे यतिमात्रै हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell