.jpg)
काठमाडौँ : चिनियाँ प्रधानमन्त्री लि खछ्याङले राष्ट्रपति सि जिनपिङ र आफूलाइ भ्रमणको निम्तो दिएकोमा धन्यवाद दिएका छन्।
प्रधानमन्त्रीको विशेष दूतका रुपमा चीन पुगेका उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरालाई उनले धन्यवाद दिएका हुन्। चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाइ भ्रमणको निम्तो बोकेर महरा चीन पुगेका थिए।
महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले विगतमा भएका सन्धि सम्झौताको कार्यान्वयनका विषयमा जिज्ञासा राखेका थिए। यसअघि मंगलबार चिनियाँ विदेश मन्त्रि वाङ यी ले पनि भेटमा विगतमा भएका ट्रेड एण्ड ट्रान्जिट, उर्जा लगायतका विषमया नेपाल र चीनबीच भएको समझदारीका विषयमा जिज्ञासा राखेक थिए।